लगानीकर्ताहरुलाई खुसीको खबर, अब देशका सातै प्रदेशबाट सेयर लिलामी भर्न पाइने

काठमाडौं - लगानीकर्ताहरुले अब उपत्यका बाहिरबाट पनि लिलामी सेयर भर्न पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले ७ वटै प्रदेशका प्रमुख स्थानबाट लिलामी सेयर भर्न सकिने व्यवस्था गरेको हो ।

प्रदेश       -  व्यवस्था गरिएका स्थानहरु :
प्रदेश नं १ - विरानटनगर र विर्तामोड 
प्रदेश नं २ - वीरगन्ज र जनकपुर 
प्रदेश नं  ३ - काठमाडौं सहित हेटौंडा र नारायणगढबाट पनि 
प्रदेश नं ४ - पोखरा र बाग्लुङ
प्रदेश नं ५ - बुटवल, घोराही र नेपालगन्ज
प्रदेश नं ६ - सुर्खेत
प्रदेश नं ७ - धनगढी र महेन्द्रनगर

यही निर्देशन अनुसार काम गर्न मर्चेन्ट बैंकहरुलाई परिपत्र गरिएको समेत धितोपत्र बोर्डले जनाएको छ । यसअघि मोफसलका लगानीकर्ताले उपत्यका बाहिरबाट लिलामी भर्न पाउने व्यवस्था गर्न माग गर्दै आएका थिए । 
प्रकाशित मिति : Friday, March 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal