शिवम् सिमेन्टको ४१ लाख २० हजार कित्ता आइपीओ बुधबार बिहान बाँडफाँट हुँदै


काठमाडौं - शिवम् सिमेन्टको ४१ लाख २० हजार कित्ता आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १०ः ३० बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई बिक्री गरेको ४१ लाख २० हजार कित्ता आइपीओ बाँडफाँट हुने तय भएको छ । यसमा ५१ हजार ८८२ जनाबाट ५१ लाख ८९ हजार ५६० कित्ताका लागि आवेदन परेको छ ।

यस्तै, आयोजना प्रभावित स्थानीयलाई ५ लाख ७९ हजार ६४० कित्ता आइपीओ खुला गरिएकोमा १ हजार ८९७ जनाले ४ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ, स्थानीयले आवेदन नदिएको ९४ हजार ३३५ कित्ता सेयर सर्वसाधारणले पाउने गरी आवेदन बन्द गरिएको छ । सर्वसाधारणतर्फ माग भन्दा बढी आवेदन परेकाले उनीहरुलाई वितरण गर्न समस्या हुनेछैन ।

कम्पनीले कुल ४४ लाख कित्ता आइपीओ खुला गरेको मध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याएको थियो ।
प्रकाशित : Tuesday, March 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal