शिवम् सिमेन्टले गर्यो १५.७८९% नगद लाभांश दिने घोषणा

काठमाडौं - शिवम् सिमेन्टले १५.७८९% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति ५६ औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट हाल कायम चुक्ता पुँजीबाट १५.७८९% नगद लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन गर्ने जनाएको छ । 
प्रकाशित मिति : Thursday, March 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal