सिद्धार्थ बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईँले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरुमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।
प्रकाशित मिति : Thursday, March 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal