×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकका एटिएममा मास्टर कार्ड नेटवर्कका कार्डहरु प्रयोग गर्न सकिने

काठमाडौँ – सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भएसगैँ मास्टर कार्ड नेटवर्कका मास्टर कार्ड र मेस्ट्रो कार्डहरु सिद्धार्थ बैंकका कुनैपनि एटिएम मेशिनमा प्रयोग गर्न सकिने भएको छ । सो बैंकले निकट भविष्यमा नै मास्टर कार्ड डेबिट र क्रेडिट कार्ड जारी गर्ने जनाएको छ ।
बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना ल्याएको छ । त्यसैगरी उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न ७ विभिन्न प्रकारका कृषि तथा लघु उद्यम कर्जाहरु ल्याएको छ । कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाइड बाई भिषा सेवापनि ल्याएको छ ।
बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा पनि ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंकले हालसम्म १०८ अर्ब निक्षेप सकंलन तथा १०० अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: