सिद्धार्थ बैंकले शुरु गर्यो प्लाटिनम बचत खाता, के-के छन् ग्राहकलाई फाइदा ?

काठमाडौँ - सिद्धार्थ बैंकले ग्राहकहरुलाई थप सुविधा पुर्याउन विभिन्न आकर्षक सुविधाहरु सहित सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्लाटिनम खाता खोल्दा डेविट कार्ड प्रयोग गरी देशभरी रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।

देशभरि रहेका ४५० भन्दा बढी यूएनओ साझेदार केन्द्रहरुमा ४०% सम्म छुट प्राप्त गर्न सकिने यूएनओ क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने र यो खातामा आकर्षक ६.५५ वार्षिक ब्याज दर रहने सिद्धार्थ बैंकले जनाएको छ ।
प्रकाशित मिति : Thursday, March 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal