×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

काठमाडौँ – सिद्धार्थ बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. बीच बीमा सेवा दिने सम्बन्ध सम्झौता भएको छ । सम्झौतामा सिद्धार्थ बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धकअर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरे । 
सम्झौता अनुसार सिद्धार्थ बैंक लि. ले देश भर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: