×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिन्धु विकास बैंकको १४ औं शाखा काभ्रेको पनौतीबजारमा, राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीद्वारा उद्घाटन

काठमाडौँ – सिन्धु विकास बैंक लिमिटेडले काभ्रे जिल्लाको पनौतीबजारमा बैंकको १४ औं शाखा स्थापना गरेको छ । पनौती शाखा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका हुन् ।
बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
सो अवसरमा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । बैंकले निकट भविष्यमा नै चितवन तथा मकवानपुर जिल्लाको विभिन्न स्थानहरुमा बैंकको शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।
०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे र पनौतीगरी कुल १४ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १६ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: