×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्पर्श लघुवित्तको आइपिओ भर्ने आज अन्तिम मौका, न्यूनतम १० देखि अधिकतम १३ सय ४० कित्तासम्म भर्न पाइने

आइपिओ नोटिस :
कम्पनी : स्पर्श लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आइतबार, फागुन २६ गते
भर्ने अन्तिम मिति : आज (बुधबार, फागुन २९ गते)
कित्ता : २ लाख ५२ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
न्यूनतम कित्ता : १० कित्ता 
अधिकतम कित्ता : १३ सय ४० कित्ता
विवरण : 
स्पर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई २ लाख ५२ हजार कित्ता आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ०.५% (४ हजार १४८ कित्ता) कर्मचारी र ५% (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 
उक्त आइपिओ फागुन २६ गतेदेखि फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २५ गतेसम्म भर्न सकिनेछ ।
आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल, काठमाडौँ । 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ६ लाख २१ हजार रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: