स्पर्श लघुवित्तको २ लाख ५२ हजार कित्ता आइपीओ बिक्रि खुल्ला, न्यूनतम १० कित्ता भर्न मिल्ने


आइपिओ नोटिस :
कम्पनी : स्पर्श लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (आइतबार, फागुन २६ गते)
भर्ने अन्तिम मिति : फागुन २९ गते
कित्ता : २ लाख ५२ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
न्यूनतम कित्ता : १० कित्ता 
अधिकतम कित्ता : १३ सय ४० कित्ता

विवरण : 
स्पर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई २ लाख ५२ हजार कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ०.५% (४ हजार १४८ कित्ता) कर्मचारी र ५% (१३ हजार ४८२ कित्ता) सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 

उक्त आइपिओ फागुन २६ गतेदेखि फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने चैत २५ गतेसम्म भर्न सकिनेछ ।

आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल, काठमाडौँ । 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ६ लाख २१ हजार रुपैयाँ
प्रकाशित : Sunday, March 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal