×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

समाचार प्रभाव : अर्थ सरोकारको समाचारपछि सुजन काफ्लेको सिए फर्मलाई दिईएको ‘गैरकानुनी’ नाम खारेज !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नियामक नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान)को प्रचलित सिए फर्मको नामाकरणका लागि बनेको कार्यविधि विपरित सुजन काफ्लेलाई दिइएको नाम अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि सच्याइएको छ ।
आइक्यानले चार्टड एकाउन्टेन्ट सुजन काफ्ले, लव खत्री र राजाराम कंडेलको साझेदारी फर्मलाई आफ्नै कार्यविधि विपरितको ‘सुजन काफ्ले एलआर एसोसिएट्स’ नाम दिएको थियो । तर उक्त नाम कार्यविधि विपरित रहेको खबर अर्थ सरोकार डटकमले प्रकाशित गरेपछि आइक्यान उक्त नाम परिवर्तन गर्न बाध्य भएको थियो । कार्यविधि अनुसार एउटा पार्टनरको पूरा नाम र अरु दुइ पार्टनरका नामको पहिलो अक्षर प्रयोग गरेर यसरी फर्मको नाम राख्न पाईदैन । अहिले उक्त सिए फर्मको नाम परिवर्तन गरेर यसअघि नै उनको नाममा रहेको सुजन काफ्ले एण्ड एसोसिएट्स राखिएको छ । आइक्यानको वेव साइटमा परिवर्तित नाम देख्न सकिन्छ । 
आइक्यानले पनि आफ्नो गल्ती भएको स्वीकारिसकेको छ भने सुजन काफ्लेले पनि आइक्यानले नाम दिएकाले प्रयोग गरेको स्पष्टीकरण दिइसकेका छन् । यद्यपी एक विवादित आइक्यानका पूर्वअध्यक्षले भनेकै आधारमा यो नाम उनलाई दिइएको चर्चा नेपाली सिए क्षेत्रमा छ । यो प्रकरणले आइक्यानका केहि उपल्लो तहका कर्मचारीहरु नियम नहेरी काम गर्छन्, बरु संस्थाका ठुलाठालुको चाकडी मात्र गर्छन् भन्ने तथ्य पनि प्रमाणित भएको छ । 
स्मरण रहोस् सुजन काफ्ले यसअघि पनि आइक्यानको नियम विपरित फर्मको वेवसाइटमा बिज्ञापन गरेको काण्डमा फसेका थिए । त्यतिबेला पनि अर्थ सरोकारले यस्तो काम गर्न नपाइने तथ्य प्रकाशित गरेपछि उनले आफ्नो गल्ती सच्याएका थिए । आफैं अनुगमन समितिमा बसेका बेला उनले आफैंले आइक्यानको नियम मिचेको खुलासा यसअघि भएको थियो । उनी आफैंमा राम्रो नियतको सिएका रुपमा परिचित भएपनि केहि विवादित व्यक्तिको संगतका कारण उनी पटक पटक अनेकौं काण्डमा परिरहेको उनी निकटहरुको विश्लेषण छ । यसअघिको आइक्यानको काउन्सिल चुनावमा पनि सबैभन्दा विश्वास गरेकाले नै घात गरेपछि उनले निकै लज्जास्पद हार व्यहोरेका थिए । 
हेर्नुहोस् आइक्यानको कार्यविधि : कसरी मात्र नाम राख्न पाइन्छ भन्ने नियम यस्तो छ !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: