×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकले पायो १० लाख युनिट ऋणपत्र जारी गर्ने अनुमति, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल !

काठमाडौं – सनराइज बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १ हजार रुपैयाँ दरको १० लाख युनिट ऋणपत्र जारी गर्न अनुमति प्रदान गरेको छ । बैंकले ‘१०% सनराइज डिबेन्चर २०८०’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले उक्त ऋणपत्रमा १०% ब्याज दिइने छ भने यसको अवधि ५ वर्षको हुनेछ । कुल १० युनिट मध्ये ४ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि जारी गरिनेछ । बाँकी ६ लाख युनिट भने अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ । सनराइजले ऋणपत्र निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: