×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरको आरोप लागेका १३ जनालाई अदालतमा हाजिर हुन सर्वोच्च अदालतद्वारा सूचना जारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

बैंकिङ कसुरको आरोप लागेका १३ जनालाई अदालतमा हाजिर हुन सर्वोच्च अदालतद्वारा सूचना जारी !

काठमाडौँ – सर्वोच्च अदालतले बैंकिङ कसुरको आरोप लागेका १३ जनालाई अदालतमा हाजिर हुन एक सुचना जारी गरेको छ । अदालतले सोमबार विभिन्न फाइनाइन्स कम्पनीका सञ्चालकसहित १३ जनालाई १५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेका हो ।  
सर्वोच्च अदालतले काठमाडौंमा सञ्चालित जनरल फाइनाइन्सका तत्कालीन सुपरभाइजर सरस्वती भट्टराइ, तत्कालीन सदस्य उमेश श्रेष्ठ र संगीता कार्कीलाई १५ दिनभित्र अदालतमा सहभागि हुन भनेको छ । ३ जनाविरुद्ध सर्वोच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचारधीन छ । यस्तै जनकपुर–३, धनुषाकी शालु गोयन्कालाई पनि बैंकिङ कसुर ठगीमा अदालतमा हाजिर हुन भनेको छ । 
अदालतले काठमाडौं २९ की अञ्जु पाण्डे पोखरेल, काठमाडौं ३३ का डिल्लीबजारका केपी शर्मा र भोजपुर गोगनेका सुनमन शाक्यलाई पनि बैंकिङ कसुरको मुद्दामा हाजिर हुन भनेको छ । 
यस्तै धरान नगरपालिका–१७ का नवीन चोङवाङ, काभ्रेपलाञ्चोक खरेलथोकका अर्जुन लामा, निजगढ गाविस–७ बाराका रामहरि घिमिरे र कामनपा ९ सिनामंगलका बाबुकाजी मुल्मीलाई सर्वोच्च अदालतकोे बैंकिङ कसुर गरी बेपत्ता बनेका व्यक्तिको सूचीमा राखिएको छ । 
झापाको शिवनगर नगरपालिका–८ का विकास पौडेल र वविता पन्त पौडेललाई पनि सर्वोच्च अदालतले बैंकिङ कसुरमा फरार व्यक्तिलाइ १५ दिनभित्र अदालतको सम्पर्कमा आउन भनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: