×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

द ब्रिटिस कलेजको लापरबाहीले विद्यार्थीको मृत्यु, गल्ती लुकाउन निकालियो यस्तो बिज्ञप्ति !

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौँको द ब्रिटस कलेजमा अध्ययनरत एक विद्यार्थीको कलेजको लापरवाहीका कारण मृत्यु भएको रहस्य बाहिर आएको छ । सिरहा मिर्चैया–५ का १९ वर्षीय गौरव श्रेष्ठको कलेजले लागेको भ्रमणका क्रममा दुबईस्थित लमिर समुद्री किनारमा श्रेष्ठको मृत्यु भएको थियो । श्रेष्ठको समुद्रमा पौडी खेल्ने क्रममा २ फागुनमा मृत्यु भएको थियो । पौडी खेल्न समुद्र पुगेका विद्यार्थीलाई कलेजले आवश्यक नियन्त्रण गर्न नसक्दा श्रेष्ठको मृत्यु भएको प्रहरी दाबी छ । घटना अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले श्रेष्ठको मृत्युमा कलेजले लापरबाही गरेजस्तो देखिएको बताएका छन् । 
‘श्रेष्ठको समुद्रमा डुबेर मृत्यु भएको देखिन्छ । पौडी खेल्न गएका विद्यार्थीलाई कलेजले जति गार्जेनसिप दिनुपर्ने थियो, त्यस्तो गरेजस्तो देखिन्न । भ्रमणमा लगेपछि विद्यार्थीको जिम्मेवारी सम्बन्धित कलेजले लिनुपर्छ , तर यो घटनामा कलेजले जति जिम्मेवारी लिनुपर्ने हो, त्यति लिएजस्तो देखिँदैन ।’ उनले भने । यता मृतक श्रेष्ठका बुवा महेन्द्रले घटना सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताए । ‘घटनाको छानबिन होस् । प्रतिवेदन जस्तो आए पनि हामी स्वीकार गर्छौं । कलेजको गल्ती भेटिए सार्वजनिक रूपमा माफी मागे पुग्छ । त्यसबाहेक केही अपेक्षा छैन ।’ उनले भने । प्रहरीका अनुसार भ्रमणमा गएका विद्यार्थी दुबईस्थित होटेल द क्रिस्टल अपार्टमेन्टमा बसेका थिए । होटेलले नै व्यवस्था गरेको बस चढेर उनीहरू भ्रमणका लागि लमिर बिच पुगेका थिए । तर श्रेष्ठलाई नलिई बस होटेल फर्कियो । साँझसम्म पनि उनको कुनै खोजी भएन । एक्कासी उनको शब् अस्पतालमा भेटियो । 
गल्ती लुकाउन निकालियो यस्तो बिज्ञप्ति !
यता द ब्रिटस कलेजले भने श्रेष्ठको मृत्यु उनकै जिद्दीपनका कारण समुद्रमा डुबेर भएको जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै कलेजले भनेको छ, ‘भ्रमण कलेजको तर्फबाट अनिवार्य नभई इच्छुक विद्यार्थीहरूका लागि मात्र थियो । स्वयं विद्यार्थी गौरव श्रेष्ठ पनि अभिभावकको लिखित स्वीकृतिमा उक्त भ्रमणमा सहभागी भएका थिए । नेपाल छोड्नुअघि र दुबई घुम्नुअगाडि समुद्रमा पौडी खेल्न सख्त मनाही गरिएको थियोे । तर, कलेजको निर्देशन र नियमलाई अवज्ञा गर्दै पौडी खेल्दा उनको दुःखद निधन हुन पुग्यो । दुबई प्रहरीको रिपोर्टअनुसार गौरवलाई पानीमुनि डुबेको देख्नेबित्तिकै पानीबाट निकालेर प्राथमिक उपचार र सिपिआर पनि दिइएको थियो ।’तर बिज्ञप्तिमा भनिएझैं हो भने किन समुन्द्रमा पौडी खेल्न दिइयो त ? किन कलेजले उनलाई रोक्न ? कुरा गम्भीर छ । यहि गाम्भीर्यतालाइ चिर्न कलेजले प्रेस बिज्ञप्ति निकालेर घटनालाई लुकाउने दुष्प्रयास गरिरहेको आशंका गरिएको छ । उनी कलेजमा बिआइटी पढिरहेका थिए । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: