×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ७० हजार अमेरिकी डलरसहित २ महिला पक्राउ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ७० हजार अमेरिकी डलरसहित २ महिला पक्राउ

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैंकक अवैध रुपमा लुकाई छिपाई लैजान लागिएको ६९ हजार ५५० अमेरिकी डलरसहित उनीहरुलाई सोमवार बिहान पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–४ बस्ने सरला खड्का र काठमाडौं महानगरपालिका–१६ बस्ने रिंकु गुरुङ रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैंकक जान लागेका उनीहरुलाई अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये सरला खड्काको साथबाट ३५ हजार ६५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९०० अमेरिकी डलर बरामद भएको हो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर लगिएको प्रहरीले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: