त्रिशुली जलविद्युत कम्पनीको ३७ लाख ५ हजार कित्ता आइपीओ दिउँसो १ बजे बाँडफाँट हुँदै

काठमाडौं - त्रिशुली जलविद्युत कम्पनीको ३७ लाख ५ हजार कित्ता आइपीओ आज बाँडफाँट हुने भएको छ । कम्पनीले उक्त बाँडफाँट हुने कार्यक्रम जलस्रोत तथा सिंचाई मन्त्रालयको सभा हल सिंहदरबार भित्र  दिउँसो १ बजे हुने तय भएको छ । कम्पनीको आइपिओ  बाँडफाँट कार्यक्रममा जलस्रोत मन्त्री वर्षमान पुन पनि सहभागी हुनेछन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आइपीओमा करिब १८ गुणा बढी आवेदन परेको छ । 

कम्पनीले चैत ७ गतेदेखि चैत ११ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओमा  ३५ लाख ९३ हजार ८५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कुल ३७ लाख ५ हजार कित्ता आइपीओमध्ये १ लाख ११ हजार १५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३% हो । यो आइपीओमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ तिरेर आवेदन दिने व्यवस्था गरिएको थियो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । 
प्रकाशित मिति : Thursday, March 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal