त्रिशुली जलविद्युत कम्पनीको ३७ लाख ५ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम म्याद, तपाई छुट्नु त भएन ?

आइपिओ नोटिस :
कम्पनी : त्रिशुली जलविद्युत कम्पनी
कित्ता : ३७ लाख ५ हजार कित्ता
खुल्ला भएको दिन : बिहिबार, चैत ७ गते
भर्ने अन्तिम दिन : आज (सोमबार, चैत ११ गते)
न्यूनतम कित्ता : १०० कित्ता 
अधिकतम कित्ता : १० हजार कित्ता 

विवरण :
त्रिशुली जलविद्युत कम्पनीले ३७ लाख ५ हजार कित्ता आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । यसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३% हो । बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन  दिन पाउनेछन् । 

कम्पनीको सेयरमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ तिरेर आवेदन दिन सकिने छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । यो आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा वैशाख ६ गतेसम्म भर्न सकिनेछ ।

आवेदन दिने ठाउँ :
ग्लोबल आइएमई क्यापिटलले, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था



प्रकाशित : Monday, March 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal