उन्नति माइक्रोफाइनान्सको २०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

लाष्ट रिमाइन्डर :
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद : २०%
खुल्ला भएको मिति : सोमबार, फागुन १३ गते
अन्तिम मिति :  आइतबार, चैत्र १७ गते

विवरण :
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% हकप्रद सेयर भर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । संस्थाले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । उन्नतीको हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिने ठाउँहरु :
सिद्धार्थ क्यापिटल, नक्साल
 संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय
 आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५ करोड ५० लाख रुपैयाँ
हकप्रद सेयरपछि चुक्ता पुँजी : ६ करोड ६० लाख रुपैयाँ पुग्ने
प्रकाशित मिति : Sunday, March 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal