दिव्य लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा जीवन भट्टराई नियुक्त

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- दिब्य लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जीवन भट्टराइ नियुक्त भएका छन् । संस्थाको २०७५ साल फाल्गुण २५ गते शनिवार नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको प्रथम बार्षिक साधारण सभाले उनलाई अध्यक्षको रुपमा चुनेको हो ।
सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई (प्रतिनिधि–सेञ्चुरी कमर्सियल बैंक लि.),  प्रकृतिराज तिमिल्सिना (प्रतिनिधि – कैलाश विकास बैंक लि.),  महेश बहादुर बस्नेत र श्री नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचितसमेत गरेपछि सो संचालक समितिले जीवन भट्टराईलाई समितिको अध्यक्ष चयन गरेको हो । यसैबीच बिहिबार संस्थाका अध्यक्ष जीवन भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकश्री नारायण प्रसाद पौडेल समक्ष सपथ ग्रहणसमेत गरेका छन् ।
अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी ११ करोड र चुक्तापूँजी७ करोड ७० लाख रहेको यस लघुवित्त वित्तीय संस्था लि.को सर्वसाधारण शेयरधनीलाई छुट्याईएको शेयर बाहेक हालको चुक्तापूँजीको आधारमा सेञ्चुरी कमर्सियल बैंक लि. को ३५.७१प्रतिशत, कैलाश विकास बैंक लि. को १५.२९ र व्यक्तिगत संस्थापकहरुको ४९ प्रतिशत शेयरमालगानी रहेको छ । हाल यस लघुवित्तको १३ वटा शाखाकार्यालयहरु संचालनमा रहेका छन् भने यस आ.ब.को अन्त्य सम्ममा २२ वटा शाखाकार्यालयहरु हुने लक्ष्य संस्थाले लिएको छ । साथै, आगामी आ.ब.मा वित्तीय संस्थाको शेयर सर्वसाधारणमा जाने कार्यक्रम रहेको संस्थाका कम्पनी सचिव पुरुषोत्तम प्रसाद घिमिरेद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित : Thursday, March 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal