×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेप्सेमा अनसन बसेका १४ जना लगानीकर्ता पक्राउ, को को परे ? (नामावलीसहित)

काठमाडौं – सेयर लगानीकर्ता दबाब समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेप्सेको कार्यालय अगाडि अनसन बस्न गएका १४ लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लगानीकर्तालाई महानगरिय प्रहरी परिसर सिंहदरबार लगिएको छ ।
यस्तै बिहान १० बजे नेप्से पुगेका लगानीकर्ताहरुलाई नेप्से हाताभित्र अनसन बस्न प्रहरीले रोक लगाएको थियो । उनीहरुलाई प्रहरीले नेप्सेको गेटसम्म पनि जान दिएको थिएन ।
दबाब समूहका लगानीकर्ताले सोमबार मात्रै नेप्सेको कार्यालयमा कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनसन सुरु गरेका थिए । उनीहरुले सेयर बजारको विकास र विस्तारका लागि भन्दै ३२ बुँदे मागसहित अनसन सुरु गरेका हुन् ।
पक्राउ पर्नेहरुमा दबाब समूहका अध्यक्ष हरी ढकाल, महासचिव नयन बास्तोला रहेका छन् । यस्तै लगानीकर्ताहरु दिपेन्द्र अग्रवाल, तिलक कोइराला, दिपक पाण्डे, राम थापा, शुस्मा ढुङगाना, प्रविना ज्ञवाली, पुरुषोत्तम सापकोटा, कुमार सिटौला, रामभक्त गिरि, कोपीकृष्ण थापा, रमेशकुमार ढकाल र नवराज उप्रेति रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: