×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भिडियोमा हेर्नुहोस् लगानी बोर्ड बैठकको निर्णय, १० अर्ब बढीको विदेशी लगानी स्वीकृत (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ-लगानी बोर्डले चार पाङग्रे सवारी साधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ औ बैठकले चार पाङग्रे सवारी साधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरि १० अर्ब ५४ करोडको कोरियन लगानी स्वीकृत गरेको हो । बैठकले अरुण तेश्रो आयोजनामा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले नेतृत्व गर्ने गरि स्थानीय स्तरको कार्यदल गठन गरेको छ । 
बैठकले सो कार्यदललाई ३ महिना भित्र अध्ययन प्रतिवेदन पेश गर्ने समय सिमा पनि तोकेको छ । अरुण तेश्रो आयोजनाको वित्तियस्रोत जुटाउनका लागि बैठकले जुन २०१९ सम्म ३ महिना समय थप गरेको छ । बैठकमा बोर्डको सचिवालयले लगानी सम्मेलनको बारेमा भईरहेको तयारी र प्रगतीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो । बोर्डले लगानी सम्मेलनको लागि आफैले बनाएको ४५ वटा र निजी क्षेत्रबाट १७ वटा गरि ६० बढी आयोजनाहरु प्रस्तुत गर्ने गरि आयोजनाहरुको स्वीकृत गरेको छ । 
यसरी छनौट गरि स्विकृत भएका परियोजनाहरु फोहर मैला, यातायात,पर्यटन, जलविद्युत लगायत विभिन्न क्षेत्रका आयोजनाहरु रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । साथै उहाँले लगानी सम्मेलनका लागि ४ सय भन्दा बढी विदेशीको सहभागीता सुनिश्चित भईसकेको र सो अवसरमा केही आयोजनाको दुई पक्षीय सम्झौता हुने र केहीको एमओयुमा हस्ताक्षर गर्ने तयारी पनि भईरहेको जानकारी दिनुभयो । बैठकले धादिङमा निर्माण सुरु भएको हुवासी सिमेण्टको स्थानीय स्तरमा वितरण गर्ने शेयर स्वामित्वको पनि स्वीकृति दिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: