माउन्टेन इनर्जीको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ आउँदै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ !

काठमाडौं - आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । माउन्टेन इनर्जी नेपालले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ बिक्री गर्नको लागि धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ । 

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । माउन्टेन इनर्जीमा गोयल समूहको मुख्य लगानी रहेको छ । यसले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रकाशित : Wednesday, March 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal