आज विप्लव नेतृत्वको नेकपाको आयोजनामा नेपाल बन्द ! कस्तो छ प्रभाव ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात फाल्गुन  ३० गते नेपाल बन्द गरेको छ । आफ्ना नेताहरुसहित सयौं नेता-कार्यकर्ताहरु गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो । सरकारले पार्टीका गतिविधि माथि प्रतिबन्ध लगाईसकेको छ भने बन्दको अघिल्लो दिन विभिन्न ठाउँमा बम भेटिएका छन्  .

कस्तो छ प्रभाव ?
अगाडीका बन्द भन्दा यो पटकको नेपाल बन्दले जनजीवन प्रभावित पारेको देखिएको छ । देशभरका सबैजसो स्कुल, कलेज बन्द छन् भने लामो दुरीका गाडीहरु चलेका छैनन् । एकाविहानै हेर्ने हो भने काठमाडौँका बाटोहरुमा खास गाडी कुदेका छैनन् । पोखरा, दाङ, इटहरी, बिराटनगर लगायतका ठाउँमा पनि बन्दको प्रभाव देखिएको छ । पार्टीलाई प्रतिबन्ध लगाइएपछी यो पहिलो बन्द भएकाले पनि आजको बन्द अलि गम्भीर होला भन्ने अनुमान गरिएको छ ।
प्रकाशित : Thursday, March 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal