×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहकारीको करोडौँ रुपैयाँ ठगेर टाप कसिन् यी महिला ! आफन्तले सापटी दिएको २ करोड डुब्ने खतरा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पोखराकि एक सहकारीको करोडौं रुपैयाँ ठगेर भागेकी छिन् । पोखरा गणेश टोलकी जसुधा पौडेलले स्थानीय र सहकारीको ५ करोड, ढुकुटीको ३ करोड र व्यक्तिगत सापटी लिएको २ करोडसमेत नतिरेर टाप कसेकी हुन् । जसुधा पौडेल र उनका श्रीमान् सुरेन्द्रमणी पौडेलले तीन महिना अघि नै डिभोर्स गरेका थिए ।

उनले पोखराका विभिन्न सहकारीबाट ५ करोड भन्दा धेरै लिएको, ढुकुटीमार्फत ३ करोड र अन्य सापटी २ करोड भन्दा बढी हिनामिना गरेको पिडितहरुले बताएका छन् । यता चौतर्फी गुनासो आएपनि उनी विरुद्ध कसैले प्रहरीमा उजुरी गरेको छैन । बरु उल्टै जसुधा पौडेलले नै प्रहरीमा आफ्नो ज्यानको सुरक्षा माग्दै उजुरी दिएको जानकारी प्राप्त भएको छ ।


यता जुसुधाले भने आफु नभागेको दावी गरेकी छिन् । पोखराको एक टेलिभिजनमा अन्तर्वार्ता दिंदै उनले आफु नभागेको बताएकी छिन् । आफुले बजारमा करोडौं दिनुपर्ने स्वीकार्दै उनले भनिन्, ‘म तनावका कारण बाहिर छु, तर म भागेको छैन ।’ डिभोर्स गरिसकेका श्रीमानले झुक्याएर डिभोर्स गरेको र त्यहि तनावमा परेको उनको दावी छ । यति बुझेको मान्छेलाइ डिभोर्समा झुक्याएर सहि गराउन सकिन्छ त ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘त्यहिको नतिजा त भोगीरहेको छु ।’ उनले सबैको ऋण फिर्ता गर्नेसमेत दावी गरेकी छिन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: