×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्तालाई यसरी लछार्दै-पछार्दै लग्यो प्रहरीले, भिडियोमा हेर्नुहोस् लगानीकर्ता र प्रहरीको घम्साघम्सी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

लगानीकर्तालाई यसरी लछार्दै-पछार्दै लग्यो प्रहरीले, भिडियोमा हेर्नुहोस् लगानीकर्ता र प्रहरीको घम्साघम्सी !

 काठमाडौँ
  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेयर लगानीकर्ता दबाब समुह मंगलबार बिहान कार्यालय समयमा भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । 
प्रवेशद्धार बाहिर नै धर्ना बस्न लाग्दा प्रहरीले उनीहरुमाथि धरपकड गरी नियन्त्रणमा लिएको हो । सो क्रममा लगानीकर्ता र प्रहरीबीच भनाभन भएको थियो । शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै सेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षप विरुद्ध नाराबाजी गरेका थिए । 
अहिले १३ जना सेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । प्रहरी नियन्त्रणमा रहेका सेयर लगानीकर्ता दबाब समूहका दिपेन्द्र अग्रवालले शान्तिपुर्ण विरोध गर्न पाउने अधिकार प्रयोग गर्दा धरपकड गरिएको भन्दै प्रहरी हस्पतक्षेपको विरोध गर्नुभयो । शेयर लगानीकर्ताहरुले पूँजीबजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: