×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पत्रकारहरुका लागि आधारभुत शेयर बजार सम्बन्धि तालिम सम्पन्न, तालिमपछि सहभागी भन्छन्, ‘अव IPO छुटाईन्न’

 काठमाडौँ
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – क्रान्तिकारी पत्रकार संगठन नेपाल, काठमाडौँ जिल्ला समितिले आयोजनामा आधारभुत शेयर बजार तालिम सम्पन्न भएको छ । पत्रकारहरुको लागि आयोजना गरिएको शेयर तालिममा दुई दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा शेयर बजार के हो ? यसमा कसरी कारोबार गर्न सकिन्छ ? जोखिम न्यूनिकरण कसरी गर्ने ? र समाचार संकलन गर्ने तरिकाहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा शेयर बजारका विज्ञ सन्तोष राज बजगाँईले प्रशिक्षण दिएका थिए ।
उक्त तालिममा विभिन्न संचार माध्ययममका कार्यरत आर्थिक तथा गैरआर्थिक पत्रकारहरुको उपस्थिति थियो । अनलाइन, टेलिभिजन र रेडियोमा कार्यरत पत्रकारहरुको बाहुल्यता रहेको उक्त कार्यक्रम संबाद चौतारीमा भएको थिए ।

कार्यक्रमको प्रमुख आतित्यता ग्रहण गर्दै क्रान्तिकारी पत्रकार संगठन नेपालका पूर्व अध्यक्ष प्रभात चलाउनेले पत्रकारहरुलाई यस्ताखालका प्रशिक्षणले समाचार संकलनका लागि निकै ठुलो टेवा पुग्ने बताए । क्रान्तिकारी पत्रकार संगठन नेपाल पत्रकारहरुका हकहितका लागि स्थापना भएको र यसले पत्रकारको बृद्धि विकास काम गरिरहने बताए । कार्यक्रममा सहभागी सम्पूर्ण पत्रकारहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

तालिमपछि उपस्थित पत्रकारहरुले अब कुनै पनि आइपीओ नछुटाउने बताएका छन् । सेयर बजारमा प्रवेश गर्न र यस विषयमा थप जानकारी पाउन आइपीओ राम्रो माध्यम भएको भन्दै उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: