×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

तामाकोशीका ठेकेदारलाई मन्त्रीको निर्देशन,’२०७६ मंसिरमा परिक्षण उत्पादन सुरु गर्नुपर्छ, काम सिध्याउनुहोस्’ (भिडियो)

काठमाडौँ- उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरुलाई समयमै आयोजना निर्माणको काम सक्न निर्देशन दिनुभएको छ । 
दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगर स्थित आयोजना निर्माणको स्थलगत अध्ययन पछि सरोकारित पक्षसंगको अन्र्तरक्रियामा मन्त्री पुनले यस्तो निर्देशन दिनुभएको हो । राष्ट्रिय गौरवको आयोजनामा सरकार, संसद देखि सर्वसाधरण र शेयरहोल्डरको चासो तथा आयोजनाले मुलुकको सिंगो अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने भएकाले यसको निर्माण समयमै सक्नुपर्नेमा उहाँले सरोकारवालाहरुलाई सचेत गराउनुभयो । आयोजना निर्माणको क्रममा देखिने साना तिना समस्या समाधानका लागि निर्माण कार्यसंग जोडिएका सबै पक्षबीच निरन्तर छलफल र परामर्श हुनु अत्यावश्यक भएको भन्दै उहाँले मासिक रुपमा कार्यसमिक्षा बैठक बस्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो । स–सानामा समस्यामा अल्झेर सधै आयोजनाको समय थप गर्दे लैजानु उपयुक्त नहुने भन्दै उहाँले प्रतिवद्धता अनुसार काम पुरा गर्ने तर्फ सचेत बन्न पनि आग्रह गर्नुभयो ।
उहाँले आन्तरिक छलफलबाट निकास निस्कन नसकेका विषयलाई सरकारले सम्बोधन गर्ने भन्दै २०७६ मंसिरमा परिक्षण उत्पादन सुरु गर्ने गरि निर्माण कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता औल्याउनुभयो । समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई सरकारले सधै सहयोग गर्ने भन्दै तिब्र गतिमा निर्माणकार्यमा लाग्न पनि उहाँले सचेत गराउनुभयो । 
अन्तरक्रियामा आयोजनाका प्रमुख कार्यकारी विज्ञान प्रसाद श्रेष्ठले रकम अभाव नै आयोजनाको मुख्य समस्या भएको भन्दै रकमान्तर गरेर भएपनि आयोजनालाई आवश्यक बजेटको व्यवस्था मिलाउन मन्त्री पुन संग आग्रह गर्नुभयो ।
फागुन मसान्त सम्ममा आयोजनाको ९८ प्रतिशत निर्माण कार्य पुरा भएको छ । ४ सय ५६ मेगावाट क्षमताको मुलुककै ठुलो जलविद्युत् आयोजनामा भारतीय, चिनिया, यूरोपेली विज्ञहरु र कामदार तथा ठेकेदारहरु संलग्न छन् । आयोजना निर्माणको समय लम्बिदै जादा नेपाली मुद्राको अवमुल्यन, मुल्यवृद्धि लगायत कारणले यसको लागत पनि बढ्दै गएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: