अजोड इन्स्योरेन्सको नयाँ शाखा इटहरीमा, शैलेश बिष्ट र बिनोदप्रसाद बिष्टले गरे उद्घाटन

 इटहरी
काठमाडौँ - अजोड इन्स्योरेन्स लिमिटेडको इटहरी शाखा कार्यालय उद्घाटन भएको छ । उद्योग वाणिज्य महासंघको सुनसरीको कार्यवाहक अध्यक्ष शैलेश बिष्ट तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का इटहरी शाखा प्रमुख खगेन्द्र गिरी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति : Thursday, April 18, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal