×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्सको नयाँ शाखा सिराहाको लाहानमा

 लाहान

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा लाहानमा सञ्चालन गरेको छ । उक्त शाखा कार्यलयको उद्घाटन यस संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको सभापतीत्वमा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोक लाल अमात्यबाट सुसम्पन्न भयो । सो उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजन तथा कम्पनीको समग्र अवस्थाका बारे प्रकाश पारे ।
उक्त अवसरमा शेख मिडिया हाउस प्रा.लि.का अध्यक्ष फिरोज शेख तथा रेडियो समग्र लाहानका अध्यक्ष भैरब गेलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा सञ्चालनमा रहेको र संस्थाले निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन यस शाखाको स्थापना गरिएको जानकारी गराए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: