अन्त्यस्ठी गर्न लागिएको लास प्रहरीले फिर्ता ल्यायो, मृतकका भाई पक्राउ

बारा - ईलाका प्रहरी कार्यालय बाराले जलाउनको लागि लगिँदै गरेको लाससहित एक जनालाई नियन्त्रणमा लिएको छ । गत शुक्रबार मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर नं. २ तिनथुम्की बस्ने दुई दाजुभाईकाबीच हानाहान भएको थियो । झगडाको क्रममा घाइते भएका ५३ बर्षीय छेगु लामा दोङ्गको उपचारका क्रममा मृत्यु भएको थियो । 

घरायसी कामको सिलसिलामा जिल्ला सदरमुकाम हेटौंडा जाने क्रममा निजगढ नगरपालिका वडा-५ वनमा झगडा भएको प्रहरीले जनाएको छ।दाजुको हत्यामा संलग्न रहेको आशंकामा मृतकका भाई ४४ बर्षीय सानु लामा लाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
प्रकाशित मिति : Wednesday, April 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal