आशा लघुवित्तको खुद नाफा १ करोड ४५ लाख ५५ हजार रुपैयाँ, अरु सुचकको कस्तो छ अवस्था ?

काठमाडौं - आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १ करोड ४५ लाख ५५ हजार रुपैयाँ कमाउन सफल भएको छ । जबकी, गत वर्षको यसै अवधिमा भने ४ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
 
संस्थाको खुद ब्याज आम्दानी ७ करोड ८१ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ११५.१९% ले धेरै हो। गत वर्ष संस्थाको खुद ब्याज आम्दानी ३ करोड ६३ लाख २३ हजार रुपैयाँ मात्र रहेको थियो । यस्तै,सञ्चालन नाफामा पनि राम्रो सुधार भएको छ । गत वर्ष ३ लाख ७६ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेकोमा यस वर्ष १ करोड ६६ लाख ४२ हजार रुपैयाँ नाफा गर्न सफल भएको छ । 

यो तेश्रो त्रैमाससम्ममा संस्थाले निक्षेप ४० करोड १७ लाख ५५ हजार रुपैयाँ संकलन गरी १ अर्ब ५८ करोड १९ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्त पुँजी २० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ करोड ४३ लाख २६ हजार रुपैयाँ जम्मा भएको छ । 

संस्थाको खराव कर्जामा वृद्धि भएकोे छ । खराब कर्जा ०.७३% बाट बढेर २.६७% पुगेको छ । यस लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९० पैसा छ ।
प्रकाशित मिति : Sunday, April 28, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal