×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होसियार ! नेपालली बैंकबाट साटेको ‘अष्ट्रेलियन डलर’ नक्कली पर्यो, पढ्न गएका विद्यार्थी फोकटको झमेलामा…!

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ-  के तपाईं अष्ट्रेलिया जाँदै हुनुहुन्छ ? अष्ट्रेलिया जानका लागि डलर साट्दै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईं अव सतर्क बन्नुपर्ने भएको छ । ज्योति बिकास बैंकको कमलादीस्थिति शाखाले ग्राहकलाई दिएको डलर नक्कली भएको पाइएको छ । बुटवल घर भइ हाल अष्ट्रेलिया अध्ययनका लागि गएका एक विद्यार्थीले ज्योति बिकास बैंकको कमलादी शाखाबाट साटेको डलर नक्कली परेपछि अहिले उनी  तनावमा परेका हुन् । 

विना गल्ती फोकटको झमेलामा परे विद्यार्थी !
एकातर्फ नोट नक्कली पर्दा नगदी घाटा भएको छ भने उनलाई यहि विषयलाई लिएर प्रहरीको केस पर्छ कि भन्नेसमेत चिन्ता छ । काठमाडौँको कमलादीस्थिति ज्योति बिकास बैंकबाट डलर साटेका थिए उनले । तर अष्ट्रेलियाको कमन वेल्थ बैंकको एस्फिल्ड शाखामा जाँदा उक्त डलर डिपोजिट गर्न जाँदा त्यहाँको बैंकले उक्त नोट नक्कली भएको जानकारी दिएको हो । बैंकले अहिले उक्त केसको रिपोर्ट गर्नुपर्छ भनिरहेको छ । त्यसो भएको खण्डमा प्रहरीले यो केसमा अनुसन्धान गर्नेछ । यसले पढ्न गएका विद्यार्थीलाई फोकटको तनाव पर्ने देखिएको छ । प्रहरी केस परेको खण्डमा ती विद्यार्थीलाई त्यहाँ काम पाउन निकै गाह्रो हुनेछ ।
बैंकका सूचना अधिकारी भन्छन्, ‘यस विषयमा केहि थाहा छैन’
यस विषयमा बुझ्न सुरुमा हामीले बैंकको कमलादी शाखामा फोन गर्यौं । त्यहाँकी कर्मचारीले आफुहरुलाई यस विषयमा केहि पनि थाहा नभएको जवाफ दिएपछि हामीले बैंकको धारणा माग्न हामीले बैंकका सूचना अधिकारी मदन कुमार महतलाई सम्पर्क गरेका थियौं । उनले यस विषयमा आफुलाई केहि पनि थाहा नभएको बताएका छन् । ‘मलाई त यस विषयमा केहि पनि थाहा छैन । म बुझ्ने प्रयास गर्छु ।’ उनले भने ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: