शाखा विस्तारमा आक्रामक बन्दै बैंक अफ काठमाण्डू, एकैसाथ ८ नयाँ शाखा सञ्चालन

सप्तरी
काठमाडौं - बैंक अफ काठमाण्डूले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ । यी शाखाहरु ईन्द्रसरोवर, मकवानपुर, गढीमाइ, रौतहट, तीनपाटन, सिन्धुली, इस्मा, छिन्नमस्ता, सप्तरी, मालिका, गुल्मी, खनियाबास, धादिङ्ग, पातारासी, जुम्ला गाँउपालिकामा रहेका छन् ।

आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.८०.२१ अर्ब परिचालन गरी कुल कर्जा रु.७३.५३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८४ शाखा, ७५एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : Monday, April 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal