×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पत्रकार गिरी पक्राउ प्रकरण : पोखराका पत्रिकाहरुमा `ब्ल्याक-आउट´, रेडियो र टेलिभिजन केहिबेर बन्द !

काठमाडौँ – ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोध गर्दै पोखराबाट प्रकाशित सबै पत्रपत्रिकाहरुले सम्पादकीय कोलममा ‘ब्ल्याक आउट’ कालो पोतेका छन् ।
‘प्रेस माथिको ज्यादती बन्द गर ! विद्युतीय कारोबार ऐनको दफा ४७/४८ खारेज गर’ उल्लेख गर्दै पत्रपत्रिकाले पत्रकार गिरीको रिहाईको माग समेत गरेका हुन् । नेपाल पत्रकार महासंघ कास्की शाखाको अपिलमा यहाँबाट प्रसारण हुने रेडियो तथा टेलिभिजनहरुले बिहान ६ बजे ९० सेकेण्ड प्रसारण रोकेका छन् ।
अनलाइनहरुले पप्अप स्किप एडमा कालो ब्यानरसहित विरोध जनाइरहेका छन् । ‘पत्रकारिता साइबर अपराध होइन । प्रेस स्वतन्त्रता कायम गर’ उल्लेख सहितका ब्यानरहरु सामाजिक सञ्जालमा समेत व्यापक फैलिएको छ । उक्त ब्यानरहरुमा ठगी विरुद्ध समाचार लेख्ने पत्रकारलाई साइबर अपराध अन्तर्गत मुद्दा लगाइनु खेद भएको भन्दै आपत्ति प्रकट गरिएको छ ।
त्यस्तै, पत्रकार गिरीको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ११ वटै जिल्लाका प्रशासन कार्यालय तथा प्रहरी कार्यालय अगाडी धर्ना दिन आह्वान गरिएको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।
गोरखा, तनहुँ, स्याङ्जा र कास्कीमा मंगलबारदेखि नै पत्रकारहरुले प्रहरी कार्यालय अगाडी धर्ना दिन सुरु गरिसकेका छन् । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतास विरुद्ध ठगी विषयमा समाचार प्रकाशित गरेका गिरीलाई गत सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो ।
बतासले सिआइबीमा दर्ता गराएको साइबर अपराध सम्बन्धी उजुरीमा जिल्ला अदालत काठमाडौंले मंगलबार ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश गरेको छ ।
बतासले पोखराका व्यवसायी मनोज भनिने दालप्रसाद श्रेष्ठ र जनकराज पहारीबाट ४ करोड २३ लाख ठगी गरेको आरोप छ । प्रहरीमा दर्ता भएको जाहेरीमा श्रेष्ठको १ करोड ९८ लाख र पहारीको २ करोड २५ लाख बतासले ठगी गरेको उल्लेख छ ।
चैतको अन्तिम सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता प्रक्रिया सुरु भए पनि सोमबार दर्ता भएको थियो । बतासलाई कास्की जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएलगत्तै विपेन्द्रले उच्च अदालत पोखरामा परमादेशसहितको आदेश माग गर्दै रिट दायर गरेका छन् ।
(सिआइबी) मा उजुरी परेर अनुसन्धानकै क्रममा रहेको, जिल्ला अदालत कास्कीमा सोमबारै गाली बेइज्जती मुद्दा दर्ता भएकाले पक्राउ पुर्जी जारी नगर्न आदेश माग गर्दै विपेन्द्रले वारेसमार्फत रिट दायर गरेका हुन् ।
बतासले पत्रकार गिरी सहित व्यवसायी पहारी र श्रेष्ठलाई विपक्षी बनाएर सोमबारै लिखित गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।

यो पनि हेर्नुहोस् :
#पत्रकार अर्जुन गिरी पक्राउ प्रकरण : रिहाइका लागि महासंघद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक

#पत्रकार अर्जुन गिरी पक्राउ प्रकरण : साइबर क्राइमको ‘सरकारी रबैया’विरुद्ध पत्रकारहरु सडकमा (फोटोफिचर)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: