×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेन्ट्रल फाइनान्सले ७% नगद लाभांश सेयरधनीको खातामा पठाउन थाल्यो, नपाएकाले के गर्ने ?

काठमाडौं – सेन्ट्रल फाइनान्सले आफ्नो सेयरधनीको खातामा ७% नगद लाभांश पठाउन थालेको छ । फाइनान्सले फागन २२ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको नगद लाभांश खातामै पठाइदिएको हो । फागुन २२ गतेपछि डिम्याट गराएका सेयरधनिको नगद लाभांश पनि क्रमशः खातामा जम्मा गरिने फाइनान्सले जानकारी गराएको छ ।
यता, सेन्ट्रल र भक्तपुर फाइनान्स मर्ज भएका बेला (२०७३ चैत १० गते) कायम सेयरधनीहरुले मर्ज भएको २ वर्षसम्म बोनस सेयर र नगद लाभांशमा कर तिर्नु नपर्ने कम्पनीले जनाएको छ । उक्त मितिपश्चात सेयर खरिद गरी कायम रहेका सेयरधनीको भने कर रकम कटाएर मात्र नगद लांभाश वितरण गरिएको फाइनान्सले जनाएको छ ।
यसैगरी, सेयर धितोमा राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र कम्पनीमा उपलब्ध गराएपछि नगद लाभांश बैंक खातामा पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: