×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चौतारी लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा १८४.१३% वृद्धि

काठमाडौ – चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १८४.१३% ले बढोत्तरी गरि १ करोड ८५ लाख ८८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यो संस्थाले ६५ लाख ४२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
सस्थाले खुद ब्याज आम्दानी ८६.१४% ले वृद्धि गरेको छ । गत वर्ष ३ करोड ४३ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले यो त्रैमासमा बढाएर ६ करोड ३९ लाख ३३ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ५३.६५% ले बढाएर १ करोड ५७ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ । 
संस्थाको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ३५ लाख ६५ हजार रुपैयाँ छ । यो त्रैमासमा सस्थाको खराब कर्जा ०.७२% रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा (वार्षिक) रहेको संस्थाको प्रतिसेयर नेटवर्थ भने ११८ रुपैयाँ ०४ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: