४०% लाभांश वितरण गर्न छिमेक लघुवित्तले पायो राष्ट्र बैंकको अनुमति


काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्थालाई ४०% लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । यसअघि राष्ट्र बैंककै आदेशमा रोकिएको १८% बोनस सेयर र २२% नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अहिले फेरि स्वीकृति मिलेको हो ।यसअघि छिमेकले लाभांश प्रस्तावसहितको गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशनका लागि केन्द्रीय बैंकसँग स्वीकृति माग गरेको थियो । 

तर केन्द्रीय बैंकले पुस १९ गते छिमेकलाई पत्र पठाएर उक्त बोनस तथा नगद लाभांश स्वीकृत नभएको जानकारी गराएको थियो । केन्द्रीय बैंकले निरीक्षण गरी औंल्याएका कैफियतहरु सुधार गरी पुनः विवरण पेश गर्दा लाभांश वितरणका लागि स्वीकृति पाएको छिमेकले जनाएको छ । कम्पनीका अनुसार अब प्रस्तावित ४०% लाभांश साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

यसअघि बोनस र नगद लाभांश बराबरको रकम सञ्चित कोषमा कायम रहने गरी गत आर्थिक वर्षको वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनका लागि प्रकाशन गर्न राष्ट्र बैंकले आदेश दिएको थियो ।


प्रकाशित मिति : Thursday, April 18, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal