×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकले प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्यो १० लाख ३७ हजार

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स बारा पर्सा हुरीपीडित राहत कोष २०७५’ मा जम्मा भएको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकको तर्फबाट रू दस लाख र अन्यसहयोगी दाताहरूबाट जम्मा भएको समेत गरी दशलाख सैतिस हजार सन्तानब्बे रुपैयाँ सात पैसा मात्र बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको परोपकारी कार्यको लागि प्रधानमन्त्रीबाट बैंकलाई धन्यवाद ज्ञापन गरिएको जनाइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: