हिमाल हस्पिटलमा सिटिजन्स बैंकको एटिएम सेवा सञ्चालन


काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा एटिएम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ औँ बार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोकबिक्रम थापाले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् ।

एटिएम सेवा शुरु भएपछि हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति : Wednesday, April 24, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal