×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकले गर्यो सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग

काठमाडौँ – सिटिजन्स बैंकले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापना काल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको कुरा जानकारी गराएको छ । उक्त क्षेत्रमा बसोवास गर्ने आम नागरिकलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण भएको यस बस बिसौनीबाट उक्त क्षेत्रका स्थानियबासी लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।
हालसम्म बैंकले ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: