×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ६ करोड ५४ लाख १ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलको आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ५.५०% ले वृद्धि गरेर १ अर्ब ६ करोड ५४ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्ममा बैंकले खुद नाफा १ अर्ब ९८ लाख ८७ हजार रुपयाँ कमाएको थियो । 
सिटिजन्सको खुद ब्याज आम्दानी ४२.३१% ले बढोत्तरी गरेर २ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि  ४.०२% ले वृद्धि गरि १ अर्ब ४९ करोड १४ लाख ५ हजार रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा वबढेको कारणले गर्दा खुद नाफा बढेको देखिन्छ।  
यो तेश्रो त्रैमाससम्ममा बैंकले ६५ अर्ब ९२ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६१ अर्ब २ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले चुक्ता पुँजी ८ अर्ब ३७ करोड १० लाख ६४ हजार रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा २ अर्ब ८२ करोड ६२ लाख ५६ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा १.५८% रहेको छ भने प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: