×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटी एक्सप्रेस फाइनान्सको खुद नाफा ९४ लाख ९५ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – सिटी एक्सप्रेस फाइनान्सको आर्थिक वर्ष २०७५/७६ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ९४ लाख ९५ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७०.०७% ले कम हो । गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको खुद ब्याज आम्दानी ९६ लाख ९७ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्ष भने ४५ लाख ५१ हजार रुपैयाँ खुद ब्याज नोक्सानीमा रहेको थियो । तर यस वर्ष सञ्चालन घाटा बढेर २ करोड ५१ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा सञ्चालन घाटा १ करोड ६६ लाख ९८ हजार रुपैयाँ थियो । 
कम्पनीको निक्षेप संकलन १० करोड ६५ लाख ९९ हजार रुपैयाँ रहेको छ भने कर्जा प्रवाह १५ करोड ९२ लाख ९२ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ४० करोड २१ लाख ४२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड ७१ लाख ६७ हजार ऋणमा छ । 
कम्पनीको खराब कर्जा ९.५८% रहेको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ २१ पैसा छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: