सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता

काठमाडौं - सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृति गोविन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता अनुसार भाटभटेनी ग्रुपद्धारा प्रबद्धधित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ वटै शाखाहरुबाट सजिलो तरिकाले प्राप्त गर्न र पठाउन सकिने व्यवस्था रहेको छ । साथै यो सेवा नेपालभर रहेका भाटभटेनी सुपर मार्केटहरुमा विस्तार गर्ने तयारी रहेको निर्देशक अमात्यले जानकारी दिए ।
प्रकाशित : Friday, April 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal