×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट बैंकको खुद नाफा १८.३७% ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – एभरेष्ट बैंकको आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा १८.३७% वृद्धि गरि २ अर्ब २१ करोड ६० लाख ३६ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकको खुद नाफा १ अर्ब ८७ करोड २० लाख ५१ हजार रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा १६.८७% ले बढाएर ४ अर्ब १० करोड ६२ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । साथै यस वर्ष सञ्चालन नाफा १८.३५% ले वृद्धि गरि ३ अर्ब १६ करोड ६२ लाख ६० हजार पुर्याउन सफल भएको छ । 
यो तेश्रो त्रैमाससम्म आउँदा बैंकले १ खर्ब २४ अर्ब ५४ करोड २० लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ३२ करोड १४ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६ अर्ब १२ करोड २२ लाख ५६ हजार रुपैयाँ छ। बैंकको खराब कर्जा ०.१८% मा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: