×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट इन्सुरेन्सले पायो ३००% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

काठमाडौं – एभरेष्ट इन्सुरेन्सले ३००% हकप्रद सेयर बिक्री गर्ने अनुमति प्राप्त गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।
कम्पनीले यस अघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५% संस्थापक समूहको हकप्रद सेयर बिक्री गरेको थियो । उक्त संस्थापक हकप्रदपछि चुक्ता पुँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुगेको छ । अहिले यही पुँजीको ३००% हकप्रद बिक्री गर्न बोर्डले अनुमति दिएको हो । यो हकप्रदपछि भने पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: