×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एक्सेल डेभलपमेन्ट बैंकको १७% नगद लाभांश सेयरधनीहरुको खातामा पठाउँदै, नपाउनेले के गर्ने ?

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश सेयरधनीहरुको खातामै पठाउन सुरु गरेको छ । फागुन २६ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुलाई १७% नगद लाभांश खातामै पठाइदिएको बैंकले जनाएको छ । फागुन २६ गतेपछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी गराएको छ ।
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । बैंकले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । यसैगरी, सेयर धितोमा राखेकाहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट स्वीकृतिपत्र उपलब्ध गराएपछि नगद लाभांश बैंक खातामा पाउनेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: