×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणपति माइक्रोफाइनान्सको ३ लाख ३५ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : गणपति माइक्रोफाइनान्स वित्तीय संस्था
खुला भएको मिति : सोमबार, वैशाख ९ गते
भर्ने अन्तिम मिति : आज (बिहिबार, वैशाख १२ गते)
कित्ता : ३ लाख ३५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १५ सय कित्ता
विवरण : 
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ३ लाख ३५ हजार कित्ता आइपिओ बिक्रि गर्ने आज अन्तिम दिन रहेको छ । बिक्रि खुल्ला भएको आइपिओमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम १५ सय कित्तासम्म भर्न पाउनेछन् । यस आइपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने जेठ ७ गतेसम्म भर्न सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
आवेदन दिन सकिने शाखाहरु :

एनआइबीएल एस क्यापिटल

 गणपति माइक्रोफाइनान्स केन्द्रीय कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: