×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गणपति माइक्रोफाइनान्सको खुद नाफा २ करोड २३ लाख रुपैयाँ, खुद ब्याज आम्दानी कति ?

काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा २ करोड २३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यहि अवधीमा संस्था अवधिमा ६४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी १७३.३३% बढेर ४ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा २ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चालन नाफा ६५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । अहिले खुद नाफा वृद्धि हुनमा खुद ब्याज आम्दानी र सञ्चालन नाफाको हात देखिन्छ । 
यो तेश्रो त्रैमाससम्ममा संस्थाले १११% बढोत्तरी गरेर २० करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७७ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा कर्जा ७३.११% ले वृद्धि गरेको हो । 
संस्थाको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने जोखिम युक्त सम्पत्ति १०.६६% र निष्कृय कर्जा ०.९७% रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: