×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गरिमा विकास बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ५०.५१% ले वृद्धि (अन्य विवरणसहित )

काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ४२ करोड ३७ लाख ९६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५०.५१% ले धेरै हो । गत वर्ष यो बैंकले २८ करोड १५ लाख ६४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि वृद्धि भएको छ । बैंकले खुद ब्याज आम्दानी ४१.६२% वृद्धि गरी ९९ करोड ९ लाख ८ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि ५१.८४% ले बढेर ६६ करोड ३४ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।  
यो तेश्रो त्रैमाससम्ममा बैंकले निक्षेप ३० अर्ब ३५ करोड ६४ लाख १७ हजार संकलन गरि कर्जा २६ अर्ब १५ करोड ७५ लाख ९ हजार प्रवाह गरेको छ । बैंकले चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ३९.५७% ले बढेर ७९ करोड ६८ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ । गरिमाको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ५८ पैसा छ ।
बैंकले खराब कर्जा ०.२६%  रहेको छ भने  प्रतिसेयर आम्दानी २० रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ५८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: