जनरल इन्स्योरेन्स र सिन्धु बिकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा खरिद गर्न सकिने

काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र सिन्धु बिकास बैंकबीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच आईतबार आयोजित एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पछि बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।
प्रकाशित मिति : Monday, April 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal